यौन सम्पर्क गर्न नमानेपछि श्रीमानको हत्या, अदालतले सुनायो अनौठो सजायँ
1
हामीले श्रीमतीले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेको त सुनेकै हो तर, यहाँ यौन सम्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको अनौठो खबर प्राप्त भएको छ ।
खबर छिमेकी देश भारतको अहमदाबादको हो । दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन् ।
यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ । उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो ।
सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजायँ सुनाएका हुन् ।
यस्तो थियो घटनाःस्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए । त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन सम्पर्क राख्न खोजिन् । तर, नरसिंहले मानेनन् । त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झगडा गर्न थालिन् । र श्रीमानमाथि परस्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन् । लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हान्न थालिन् । टाउको गम्भीर चोट लागेर नरसिंहको मृत्यु भयो ।
श्रीमानको मृत्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या भएको बारे जानकारी गराइन् । उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन् । तर, पछि मात्रै पत्ता लाग्यो उनले नै आफ्नै श्रीमानको हत्या गरेकी थिइन् । यो खुलासा भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
यो मुद्दाको फैसला साढे दुई वर्षपछि मंगलबार अदालतले गरेको हो
यौन सम्पर्क गर्न नमानेपछि श्रीमानको हत्या, अदालतले सुनायो अनौठो
Related Posts:
आफ्नै भेना ले साली लाई गर्नु सम्म गरेपछी हेर्नुहोस् भिडियो The sexual activates is going to making entertainment all of us.… Read More
नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको बसमा ढुङ्गा लाग्दा दुई घाइतेचितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाविस–८ घुमाउनेमा आज बिहान गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा बसका चालक र सहचालक घाइते भए… Read More
श्रीमानसँग दुईदिन मात्र विताए : नायिका स्वेता खड्का !!!श्रीमानसँग दुईदिन मात्र विताए : नायिका स्वेता खड्का !!!… Read More
यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ !! ...!!!!!Hot News And all the health tips.we can aware from disease.… Read More
कुवेतमा नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने !!Kuwait is gulf country ,Nepali People are worked there .they also satisfied thier boss wife. … Read More