यौन सम्पर्क गर्न नमानेपछि श्रीमानको हत्या, अदालतले सुनायो अनौठो

यौन सम्पर्क गर्न नमानेपछि श्रीमानको हत्या, अदालतले सुनायो अनौठो सजायँ
1

हामीले श्रीमतीले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेको त सुनेकै हो तर, यहाँ यौन सम्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको अनौठो खबर प्राप्त भएको छ ।
खबर छिमेकी देश भारतको अहमदाबादको हो । दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन् ।
यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ । उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो ।
सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजायँ सुनाएका हुन् ।
यस्तो थियो घटनाःस्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए । त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन सम्पर्क राख्न खोजिन् । तर, नरसिंहले मानेनन् । त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झगडा गर्न थालिन् । र श्रीमानमाथि परस्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन् । लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हान्न थालिन् । टाउको गम्भीर चोट लागेर नरसिंहको मृत्यु भयो ।
श्रीमानको मृत्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या भएको बारे जानकारी गराइन् । उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन् । तर, पछि मात्रै पत्ता लाग्यो उनले नै आफ्नै श्रीमानको हत्या गरेकी थिइन् । यो खुलासा भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
यो मुद्दाको फैसला साढे दुई वर्षपछि मंगलबार अदालतले गरेको हो