नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको बसमा ढुङ्गा लाग्दा दुई घाइते

चितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाविस–८ घुमाउनेमा आज बिहान गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा बसका चालक र सहचालक घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार गौरबाट काठमाडौँतर